परिचय र महत्त्व
- कार्यालय: संगठित रूपमा काम गर्ने स्थान (ल्याटिन "officium" बाट); सेवा, सूचना, सञ्चार, समन्वय, नियन्त्रण, समरण, मध्यस्थताको केन्द्र। कार्यालयले प्रशासनिक कार्यलाई सहज बनाउँछ।
- महत्त्व: सेवा, सूचना, सञ्चार, समन्वय, नियन्त्रण, समरण, मध्यस्थताको केन्द्र।
कार्यहरू
- आधारभूत: सूचना संकलन, अभिलेखन, प्रशोधन, सञ्चार, आपूर्ति, संरक्षण, प्रशासन, सम्पर्क।
- व्यवस्थापकीय: नीति तर्जुमा, मानव संसाधन, स्रोत व्यवस्थापन, सम्पत्ति सुरक्षा, अभिलेख, बजेट, न्याय, सुरक्षा, अनुगमन, समन्वय।
प्रकारहरू
- स्वामित्व: सार्वजनिक (जस्तै: मन्त्रालय), निजी (जस्तै: बुद्ध एयर)।
- संरचना: स्थानीय (७५३), प्रादेशिक (६ प्रदेश), केन्द्रीय।
- भौगोलिक: राष्ट्रिय (जस्तै: मानव अधिकार आयोग), अन्तर्राष्ट्रिय (जस्तै: यूनेस्को)।
- संगठन: अगाडि (जस्तै: मालपोत), मध्य (जस्तै: जिल्ला समन्वय), पछाडि (जस्तै: योजना आयोग)।
- प्रकृति: स्थायी (जस्तै: जिल्ला प्रशासन), अस्थायी (जस्तै: जनगणना कार्यालय)।